Monday, June 27

बेलकोटगढी-७ मा जेठ २८ गतेबाट WARD CUP 2079 फूटबल प्रतियोगिता हुँदै

बेलकोटगढी-७।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको आयोजनामा WARD CUP-2079 सञ्चालन हुने भएको छ।जेष्ठ २८ गतेबाट हुने आयोजकले जनाएको छ।उक्त कार्यक्रमका लागि २०७९ जेठ २० गतेदेखि २५ गते बेलुका ५ बजेसम्म टिम दर्ता समय रहेको छ।उक्त फुटबल प्रतियोगिता महादेवफाँटमा रहेको महादेवफाँट फुटबल ग्राउन्डमा हुने भएको छ।प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क बापत रु.३,०००/- आयोजकले तोकिएको छ।सो कार्यक्रममा नगरभित्रका खेलाडीहरुले मात्रै सहभागी हुन पाउने लगायतका नियमावली तयार पारिएको वडा अध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *